भरतपुर । अभियान्ता हेमराज थापाले राप्रपालाई सुशासनको कुरा गर्न नमिल्ने व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा उनले राप्रपाले बनाएका केही मन्त्रीको नामनै उल्लेख गर्दै राप्रपालाई प्रश्न सोधका छन् ।
नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डे विरुद्ध पनि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘भ्रष्टाचार गरेर कालो सूचिमा परेर अदालतमा मुद्धा खेपिरहेका ठेकेदार विक्रम पाण्डेलाई मन्त्री बनाइन्छ ।’ उनले राप्रपाले सुशासनको कुरा गर्न नमिल्ने व्यंग्य गरेका छन् । उनले थप लेखेका छन्,– ‘देश र जनताको लागि ज्यानको बाजि लगाएका ज्ञानेन्द्र शाही जस्ता युवाहरुलाई स्थान दिइदैन । पाण्डे राप्रपाका उपाध्यक्ष हुन् ।
राप्रपाले सुशासनका कुरा गरेर हुन्छ ?’ थापा मंसिर ४ को चुनावा काठ्माण्डौ–५ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी कडा अभिव्यक्तिका कारण चर्चामा आउने गर्थे । उनी केही वर्ष पहिले विभिन्न मुद्धाहरु लिएर आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।