काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले उपचाररत पूर्वअर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । उपराष्ट्रपति पुन आज बिहानै ललितपुरको सुमेरु अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिए ।
Advertisement
भेटका क्रममा चिकित्सकहरूले बर्षमानको स्वास्थ्य अवस्थामा क्रमिकरुपमा सुधार हुँदै गएको जानकारी गराए । स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते उनी सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । उनी जन्डिस रोगबाट पीडित छन् ।