काठमाडौं सत्ता गठबन्धनका दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएका छन् । भागबण्डा अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट ४ ४ जना थपिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट तोसिमा कार्कीसहित ३ जना सरकारमा जाने छन् । यस्तै सरकारमा जाने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधान सहित ४ जनाले आजै सपथ लिने जनाईएको छ । भागबण्डा अनुसार मन्त्रालयगत विवरण यस्तो छ…
एमालेबाट डा. विमला राई पौडेल, परराष्ट्र मन्त्री
पदम गिरी, स्वास्थ्य मन्त्री
भगवती चौधरी र हरि उप्रेती मन्त्री, विना विभागिय मन्त्री
माओवादीबाट
रेखा शर्मा, सुचना प्रविधि तथा सञ्चार
सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी, विना विभागिय
एक राज्य मन्त्री नतोकिएको
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट
डोलप्रसाद अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
शिशिर खनाल, शिक्षा मन्त्री
तोसिमा कार्की, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट
अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधान एवं उर्जा जलश्रोत तथा सिचाँई मन्त्री
ध्रुवबहादुर प्रधान, कानुन न्याय तथा संसदीय मामिला मन्त्री
विक्रम पाण्डे, सहरी विकास मन्त्री
दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री
यसअघि
माओवादी केन्द्रबाट
पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
नारायणकाजी श्रेष्ठ, उपप्रधान, भौतिक पुर्वाधार तथा यातायात मन्त्री
एमालेबाट
विष्णु प्रसाद पौडेल, उपप्रधान, अर्थ मन्त्री
राजेन्द्र राई,
ज्वाला कुमारी साह
र दामोदर भण्डारी, विना विभागिय मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीबाट
रवि लामिछाने, उपप्रधान, गृह मन्त्री
र जनमत पार्टीबाट
अब्दुल खान, विना विभागिय मन्त्री