काठमाडौँ । सरकारले भोलि (सोमबार) अत्यावश्यक सेवा बाहेक नेपालभर राज्यभर शोक विदा दिने घोषणा गरेको छ । पोखरा–१५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटनाप्रति दुःख व्यक्त गर्र्दै माघ २ गते शोक विदा दिने घोषणा गरेको हो ।
Advertisement
गृहमन्त्रालयले मन्त्रीपरिषद्को निर्णयअनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जनाएको छ । काठ्माण्डौबाट पोखराका लागि छुटेको यति एयरको सो विमानमा ५३ जना नेपाली, १५ जना विदेशी नागरिक सवार थिए । ४ जना चालक दलका सदस्य थिए ।