काठमाडौं । घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित भएका छन् ।
Advertisement
शनिबार विहान बसेको नेकपा एसको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।
४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । केपी ओली खरो आलोचना गर्दै हिजो नै उनी सो पार्टी प्रवेश गरेका हुन् ।