काठमाडौँ । सुनको मूल्यमा गिरावट आएको छ । निरन्तर उकालो लागेको सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
Advertisement
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो।
मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।