काठमाडौं ।
आगामी प्रतिनिधिसभाको बैठकमा शीर्ष नेताहरुले संवोधन गर्ने भएका छन् । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक बस्ने भएको हो ।संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।
यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।
सभामुखको निर्वाचन ७ माघमा हुनसक्ने
प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने गरि तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
शंका गर्नु पर्दैन, प्रचण्डलाई विश्वासको मत दिन्छौं : प्रदीप यादव
जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताए ।