काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् । एमडीएमएस आज (शुक्रबार) देखि लागु गर्ने तयारी थियो ।
Advertisement
नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली सञ्चालनमा ल्याउने भन्दै मोबाइल अनिवार्य दर्ता गर्न सूचना निकालेको थियो । स्रोतका अनुसार भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्रीले अहिलेलाई लागू नगर्न निर्देशन दिएपछि कार्यान्वयनमा नआउने भएको हो ।
मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकलाई असहज हुने भन्दै आलोचना भएको थियो ।