काठमाडौं उपत्यकामा थप ४ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार उपत्यकामा थप ४ सय ६१ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आठ हजार १३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा जम्मा सो संख्यामा संक्रमित थपिएका हुन्।
प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट जम्मा चार हजार ८७६ जनाको पिसिआर र तीन हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। नेपालमा दुई हजार ५५२ जना कोरोनाबाट निको भएका छन्।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८, १६:४५:५८