बलिउडका प्रख्यात अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्। दुवैले संयुक्त वक्तव्य जारी गर्दै लामो समयदेखि आफूहरु अलग हुनेबारेमा सोचिरहेको र आफ्नो बाटोमा हिँड्ने निर्णय लिन चाहेको उल्लेख गरेका छन्।
यी दुईले सन्तान आजादलाई संयुक्त रुपमा पालनपोषण गर्ने निर्णय लिएका छन्। वक्तव्यमा यी दुईले पानी फाउनडेशन, चलचित्र लगायतका प्रोजेक्टहरुमा पनि संयुक्त रुपमा काम गर्दै अगाडि बढ्ने बताएका छन्।
‘बितेका यी सुन्दर १५ वर्षमा हामीले जीवनका अनगिन्ती अनुभव, उत्साह, खुसी अनुभूत गर्ने अवशर पायौँ। हाम्रो सम्बन्ध विश्वास, सम्मान र मायामा अडिएको थियो। अब हामीलाई जीवनको नयाँ अध्याय सुरु गर्न मन लागेको छ–अब अगाडि हामी श्रीमान् र श्रीमती रहने छैनौँ तर बच्चाको लागि अभिभावक र परिवार भने रहिरहने छौँ,’
वक्तव्यमा भनिएको छ, ‘हाम्रो परिवार र साथीहरुप्रति हामी कृत ज्ञ छौँ, जसले हाम्रो सम्बन्धको उतारचढावमा सधैँ हामीलाई साथ दिए। उनीहरु बिना हामीले हाम्रो सम्बन्धलाई यति सुरक्षित राख्न सक्ने थिएनौँ। हामीले बुझेका छौँ। ‘डिभोर्स’ अन्त्य हैन, नयाँ यात्राको सुरुवात हो।’ हामीले जसरी सम्बन्धविच्छेदलाई बुझेका छौँ, त्यसरी नै उहाँहरुले पनि बुझिदिनुहुन्छ भनेर आशा गर्दछौँ।’
आमिर र किरण राव सन् २००१ को सुपरहिट चलचित्र ‘लगान’को सेटमा पहिलो पल्ट भेटेका थिए। यी दुईले सन् २००५ मा विवाह गरेका थिए। सन् २०११ मा यी दुईको छोरा जन्मिएका थिए।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।