एजेन्सी । भारतीय कलाकार मन्दिरा वेदीले आफ्ना श्रीमानलाई गुमाएकी छन् । बुधवार बिहान, मंदिरा बेदीको जीवनमा शोक छायो । उनको सबैभन्दा बलियो सहारा ढल्यो । उनले आफ्ना श्रीमानलाई गुमाइन् । राज मात्र ४९ वर्षका थिए । मंदिरा बेदीलाई पति राज कौशलको असामयिक निधनले गहिरो चो ट पुगेको छ ।
राजको अन्तिम यात्रा बुधवार बिहान ११ बजे उनको घरबाट प्रस्थान भयो। यो घडी मन्दिराको लागि धेरै भावनात्मक थियो। उनका श्रीमान्को अन्तिम भेटमा मन्दिरा बेदीले आफुलाई सम्हाल्न सकिनन् । आफ्ना साथीको काँधमा टाउको राखेर रुँदै उनले पतिलाई अन्तिम विदाई गरिन् ।
बलिउडमा फेरी एक पटक शोक छाएको छ । कलाकार मंदिरा बेदीको पति राज कौशलको बुधवार विहान निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको हृदयघातका कारण निधन भएको अमर उजालामा उल्लेख छ । राजले अभिनेताका रुपमा आफ्नो करियर शुरू गरेका थिए । उनले आफ्नो क्यारियरमा प्यार मे कभी कभीु, शादी का लड्डूु र ुएन्थोनी कौन हैु तीन फिल्म निर्देशित गरेका छन्। बॉलिवुडका धेरै सेलिब्रेटीहरूले राज कौशलको निधनमा शोक व्यक्त गरेका छन्।
मंदिरा बेदी र राज कौशलको पहिलो भेट १९९६ मा मुकुल आनंदको घरमा भएको थियो। मन्दिरा अडिशन गर्न त्यहाँ पुगेकी थिइन र राज मुकुल आनन्दको सहायकको रूपमा कार्यरत थिए। यहींबाट दुबैको प्रेम सुरु भयो। मंदिरा बेदीले १४ फेब्रुअरी १ ९९९ मा राज कौशलसँग विवाह गरिन् । उनीहरुले परिवारको मन्जुरी बेगर एक अर्कालाई अपनाएका थिए ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।