डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले आफ्ना ग्राहकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले १ लाख रुपैयाँसम्म जित्न सकिने ‘रिफर एण्ड अर्न’ योजना ल्याएका जनाएको छ ।
कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै, दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ ।
यो योजनामा ३१ असार २०७८सम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ । यो योजनाको बम्पर उपहारका रूपमा तीन जनाभन्दा बढीलाई गोला प्रथामार्फत १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेहरूमध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् ।
त्यसैगरी, फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक १ हजार र साप्ताहिक रूपमा २ हजार रुपैयाँ जित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ ।
फोनपेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजारभन्दा बढी मर्चेन्ट आवद्ध छन् । १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्समार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८, १३:०१:०७