जर्ज फ्लोइडको हत्या अभियोग लागेका एक अमेरिकाका एक पूर्वप्रहरीलाई २२ वर्ष ६ महिनाको जेल सजाय दिइएको छ ।
९ मिनेटभन्दा बढी समय घुँडाले घाँटीमा थिचेपछि फ्लोइडको मृत्य भएकोमा अदालतले पूर्वप्रहरी डेरेक सोभिनलाई दोषी प्रमाणित गर्दै उक्त सजाय दिएको हो । सोभिनमाथि पदको विश्वास र अख्तियारीको दुरुपयोगमा पनि दोषी देखाइएको छ ।
फ्लोइडको हत्यापछि प्रहरी दमनविरुद्ध विश्वव्यापी रूपमा प्रदर्शनहरू भएका थिए ।
सुनुवाइको समयमा सोभिनका वकिलले राम्रो मनसाय राख्दा भएको गल्ती बताएका थिए । बीबीसीका अनुसार अब सोभिनले आजीवन हतियार राख्न नपाउने भएका छन् ।
फ्लोइडको परिवार र समर्थकले उक्त फैसलाको स्वागत गरेका छन् । सोभिनले पनि फ्लोइड परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति: शनिबार, असार १२, २०७८, १२:३४:३७