काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका-३ सिरटोल घर भएका ३२ वर्षीय सुशिलकुमार वाईबा र ध्याङलेख गाउँपालिका-१ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाईबा रहेका छन् ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित: ११ असार २०७८ २१:३७ शुक्रबार