विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ। सागर अधिकारी ‘शरद’को स्वर, सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
गीतलाई माइकल चन्दले निर्देशन गरेका छन् । गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।
भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतमा अत्यधिक माया गर्ने श्रीमती गुमाउँदाको पीडालाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका हुन्। उनका ११ उपन्यास र तीन गीतीपुस्तक पनि प्रकाशित छन्।
‘दुई मुटु’ गीतको भिडियो यस्तो छ :
प्रकाशित: ११ असार २०७८ ०९:५३ शुक्रबार