पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले क्षणिक स्वार्थका निम्ति लम्पट बन्नेको आँखा खुलेको बताएका छन् । बाबुरामले मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएलगत्तै ट्वीटरमा यस्तो टिप्पणी गरेका हुन् ।
बाबुरामले संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बन्ने/बनाउने लज्जास्पद बाटोमा हिँडेको र त्यसलाई सर्वोच्चले उल्ट्याउने खेललाई नेपालको राजनीतिको रोचक परिदृश्य भनेका छन् ।
‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द-भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने–बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’बाबुरामले लेखेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८, २१:४६:५९