एजेन्सी । बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप युट्युवर पनि हुन् । उनले विभिन्न किसिमका भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्छिन । उनले आफ्नो ब्यक्तिगत जिवनका कुराहरु पनि सार्वजनिक गर्छिन । सोमवार उनले एक नयाँ भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनले आफ्नो बुवा अनुरागसंग अलि अप्ठेरा प्रश्न गरेका छन् ।
आलिया कश्यप र उनका प्रेमी शेन आजकाल मुम्बईमा आएका छन् र अनुरागसँगै छन् । आफ्ना प्रेमी लिएर बुवासंग बस्न आएका उनले बुवालाई प्रेम र ब्यक्तिगत जिवनका बारेमा प्रश्न गरेकी हुन् । यसबाहेक अनुरागले विवाह अघि शा रि रीक सम्बन्धजस्ता विषयमा पनि आफ्नो विचार राखेका छन् । यी प्रश्न अनुरागका लागि आलियाका प्रशंसकले पठाएका थिए ।
उनीहरुबीच भएका केही महत्वपूर्ण जवाल जवाफ यस्ता छन् ।
आलिया कश्यपले सोधिन् ‘यदि म मेरा प्रेमीसँग स्ली प ओवरमा गएँ भनेर के होला ? ’ यसबारे अनुरागले जवाफ दिए, ‘तिमी अब ठूली भइसकेकी छौ, तिमीले आफ्नो निर्णय अब आफै लिन सक्ने भएकी छौ । मलाई लाग्दैन कि मेरो यसबारे बोल्ने कुनै अधिकार छ । म तिम्रोबारे चिन्ता मात्रै गर्न सक्छु । म तिमीलाई ‘विचार गर है’ मात्र भन्न सक्छु र आफ्नो फोन अन राख्नेछु ता कि तिमीले जतिबेला पनि मलाई फोन गर्न सकोस् ।’
सबैभन्दा कठिन प्रश्नमध्ये एक त्यो हो जब आलियाले सोधिन् कि ‘यदि म गर्भवति भएँ भने तपाईंको प्रतिक्रिया के होला ?’ यसबारे अनुरागले जवाफ दिए, ‘म तिमीलाई सोध्नेछु कि के तिमी साँच्चै यस्तो गर्न चाहन्छौ ? तिमीले जे चाहन्छौ त्यसमा म तिमीलाई साथ दिनेछु, यो कुरा तिमीलाई थाहा छ ।’ यसबारे थप भन्न आग्रह गरेपछि अनुराग भन्छन्, ‘तिमीले जे छनौट गर्छौ, त्यो मेरो लागि मान्य हुनेछ । तर तिमीले यो कदमको मूल्य चुकाउनुपर्छ भनेर पनि तिमीलाई पक्कै भन्नेछु तरपनि म तिमीलाई साथ दिनेछु ।’
आलिया कश्यपले अनुराग कश्यपलाई अन्तिम प्रश्न विवाह अघि शा रि रीक सम्बन्धबारे सोधिन् । यसको जवाफमा अनुरागले भने, ‘यो यस्तो प्रश्न हो जुन हामी ८० को दशकमा सोध्ने गर्दथ्यौं । मलाई लाग्छ कि अब हामी यो प्रश्नभन्दा अघि बढ्नुपर्छ । यो प्रश्न हामी त्यतिबेला सोध्ने गर्दथ्यौं जब हामी कलेजमा थियौं । नैतिकता देखाउने कोसिस गर्दथ्यौं ।’
यसबारे आलियाले भनिन्, ‘अब यस्तो हुनैपर्छ भन्ने मलाई लाग्दैन । अब समय अघि बढिसकेको जस्तो मलाई लाग्छ ।’
अनुरागले भने, ‘होइन, हाम्रो शरीरलाई बुझ्नुपर्छ । हामीले द बा बमा आएर केही गर्नुभन्दा अघि सोच्नुपर्नेछ । कूल देखिनका लागि गरिएका कुराहरु राम्रा हुँदैनन् । केही मानिसहरुको समूहमा प्रवेश गर्नका लागि केही गर्नु राम्रो होइन । जे गर्नुछ त्यो गर तर यसकारण गर किनभने तिमी त्यो काम गर्न चाहन्छौ, किनभने तिमी तयार छौ र तिमीसँग कोही छ । यो विशेष हुन आवश्यक छ ।’
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।