नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलवार) बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।
प्रचण्डले भरतपुर महानगरपालिका- २६ को सिसईलगायतका क्षेत्रमा नारायणी र राप्ती नदीको डुबान र कटानको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले डुबान र कटानको स्थायी समाधानका लागि आफूले पहल गर्ने बताए ।
स्थानीयले प्रचण्डलाई डुबान र कटान तथा बाढीले पुर्याएको क्षतीको बारेमा जानकारी गराएका थिए । असार पहिलो हप्ता आएको बाढीका कारण भरतपुर महानगरपालिका- ३ को दोभान चोक, वडा नं. १६ को झनझने र वडा नं. २६ को सिसईमा २५० घर डुबानमा परेका थिए भने १ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८, १२:०८:००