एजेन्सी । बलिउडमा प्रतिस्पर्धा र रिसिवी उत्तिकै बढी छ । कलाकारहरुबीच निकै अस्वास्थ्य प्रतिस्पर्धा भएका कारण कतिपय कलाकारबीच सम्बन्ध राम्रो छैन । उनीहरु एक अर्काको अनुहार पनि हेर्न मनपराउँदैनन् । संगै काम नगर्ने अनौपचारीक घोषणा नै गरेका छन् । केही कलाकार एक अर्कासँग यसरी रिसाएका छन् कि एकसाथ काम गर्न त छोडौं नजिक परेपछि टाउको फर्काएर नदेखे झैं गर्छन । को–को कलाकारबीच यस्तो सम्बन्ध छ ?
सलमान र दीपिका, सलमान खानको एउटा फिल्म दीपिकाले खेल्न इन्कार गरेपछि यि दुईबीच सम्बन्ध विग्रिएको हो । सलमानले अब दीपिकासंग फिल्म नखेल्ने अनौपचारीक घोषणा नै गरेका छन् । यि दुई एकसाथ सायद अब पर्दामा देखिने छैनन् । सलमान खानको फिल्म ‘सुल्तान’ दीपिकाले रिजेक्ट गरेकी थिइन् । केहीले भने शाहरुख दीपिकाको नजिक भएकाले पनि उनीहरुबीच सम्बन्ध विग्रिएको चर्चा गर्छन ।
शाहरुख र प्रियंका संगै निकै चर्चित फिल्ममा काम गरेका यि दुई कलाकार अब संगै देखिने सम्भावना छैन । डन’, ‘बिल्लु बारबार’, ‘ओम शान्ति ओम’ जस्ता फिल्ममा उनीहरुले एक साथ काम गरे । उनीहरु फिल्ममा काम गर्दा यति नजिकिए की शाहरुखको ब्यक्तिगत जिवनमा पनि असर गर्यो । जसका कारण शाहरुखकी पत्नी गौरी घर छोडेर हिडिन् । पछि प्रियंकासंग टाढा हुने सर्तमा शाहरुखले गौरीलाई फकाए । शाहरुखले आफ्नो घर बचाउन प्रियंकासँग दुरी बनाएका हुन् ।
जोन अब्राहम र विपाशा, यि दुइबीच कुनै बेला निकै गहिरो प्रेम थियो । करिब एक दशक प्रेम सम्बन्धमा रहेका यिनीहरुबीच निकै नराम्रो गरी सम्बन्ध विग्रिएको छ । एक समयका चर्चित जोडी जोन अब्राहम र बिपाशा एक साथ कयौ फिल्ममा देखिएका पनि छन् । केही बर्ष रिलेशनसिपमा रहेर यो जोडीले ब्रेकअप लिएका हुन् । अव दुबैलाई पर्दामा देख्न असम्भव छ ।
अभिषेक र करिश्मा बलिउड अभिनेता अभिषेक बच्चन र करिश्मा कपुरले विवाहका लागि एंगेजमेन्ट पनि गरेका थिए । तर पछि उनीहरुको सम्बन्ध तोडियो । त्यसैले अब यिनीहरु पनि एकसाथ फिल्ममा देखिने सम्भावना कम छ ।
अक्षयकुमार र शिल्पा यि दुईबीच पनि गहिरो प्रेम थियो । दुवैले लुकेर मन्दिरमा विवाह समेत गरेको बताइएको थियो । मे खिलाडी तु अनाडी’ र ‘धड्कन’ जस्ता राम्रा फिल्ममा एकसाथ काम गरेका थिए । धड्कनमा काम गर्दा उनीहरुबीच प्रेम भएको थियो । अक्षयकुमारको जिवनमा अर्कै युवती आइन् । अहिले उनले ट्वींकलसंग विवाह गरेका छन् । अक्षय र शिल्पा शेट्टी कयौ वर्षदेखि एकसाथ फिल्ममा देखिएका छैनन् । अब यिनीहरु फेरी संगै देखिने सम्भावना पनि छैन ।
रानी र अक्षयकुमार अक्षयकुमार र रानी मुखर्जीलाई एकसाथ पर्दामा देख्न मुस्किलै छ । रानीले कयौंपटक अक्षयसँग फिल्म गर्न अस्वीकार गरेकी थिइन् । सोही कारणले अक्षयले रानीसँग फिल्म नगर्ने निर्णय लिएका छन् ।
रणवीर र कंगना कंगना रनौट र रणवीर कपुरलाई एकसाथ पर्दामा देख्न अब सायदै पाइएला । एकसमय रणवीरको फिल्म ‘रकस्टार’ र कंगनाको फिल्म ‘रिवल्बर रानी’ बक्स अफिसमा एकै साथ आएका थिए । जसका कारण ब्यवसायमा असर गर्यो । यसका कारणले दुबैको बीच सम्बन्ध बिग्रिएको बताइएको छ ।
शाहरुख र अजय शाहरुख खान र अजय देवगन फिल्ममा कहिल्यै एकसाथ देखिने छैनन् । यसको कारण अजयको पत्नी काजोल हुन् । शाहरुख र काजोल एक अर्का बीचमा धेरै नजिक छन् । जसका कारण अजयले शाहरुख मन पराउँदैनन् । उनीहरु संगै फिल्ममा खेल्ने सम्भावना पनि छैन ।
सलमान र ऐश्वर्या यि दुईको प्रेम बलिउडमा निकै चर्चामा छ । ‘हम दिल दे चुके सनम’ फिल्म सुटिङको क्रममा सलमान खान र ऐश्वर्या राय बच्चन एक अर्काको नजिक भएका थिए । त्यसपछि दुबै केही बर्ष रिलेशनसिपमा समेत रहे । तर पछि दुबैको सम्बन्ध बिग्रियो । अब भने दुबै एक अर्कासँग कहिल्यै नदेखिने बताइएको छ ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।