३ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आउन सक्ने भन्दै प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
Advertisement
मेलम्ची नदीमा पानीको वहाव बढेको र मंगलबार पहिरो गएको क्षेत्रमा बिहीबार पनि पानी परेकाले सुरक्षित रहन आग्रह गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्ने अनुमान गरेकाले मेलम्ची बजारको तटीय क्षेत्रका वासिन्दालाई सुुरक्षित स्थानमा जान आग्रह गरिएको उनको भनाइ छ ।
मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ नाकुत्ते भन्दा ५०० मिटर माथि पहिरो जाँदा मेलम्ची नदीमा बाँध बनेको र पछि उक्त बाँध फुट्दा ठूलो बाढी आएको थियो । बाढीले हेलम्बु र मेलम्ची नगरपालिकामा भएको डुवानले जनधनको क्षति गरेको थियो ।