पोर्चुगलको फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रेस कन्फिरेन्सका क्रममा कोकाकोलाका दुईवटा बोतल हटाउँदा कम्पनीको शेयरमा उच्च गिरावट आएको छ ।
रोनाल्डोले बोतल हटार पानी पिउन आग्रह गर्दा कोकाकोला कम्पनीलाई ४ अर्ब डलर नोक्सान भएको हो । उनका कारण शेयरबजारमा कम्पनीको शेयरमूल्य ५६.१० डलरबाट १.६ प्रतिशतले घटेर ५५.२२ डलरमा आइपुगेको थियो ।
अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार शेयरमूल्यमा उच्च गिरावटका कारण कोकाकोलाको मार्केट भ्यालू २४२ अर्ब डलरबाट घटेर २३८ अर्ब डलर भएको छ । कोका-कोला ११ देशमा भइरहेको युरोकपको अफिसियल स्पोन्सर हो ।
३६ वर्षीय रोनाल्डो आफ्नो अनुशासित डाइटका कारण पनि परिचित छन् । उनी आफूलाई फिट राख्नका लागि कुनै पनि प्रकारका कोल्ड ड्रिंक र प्याकेटका खानेकुरा नगर्न बताउँछन् । उनले भिडियोमा कोका-कोलाका बोतल हटाउँदै पानी पिउन आग्रह गरेका छन् ।
🥤👀 Cristiano Ronaldo wasn’t pleased with the bottles of coke at his press conference and shouted ‘drink water!’…#POR | #CR7 pic.twitter.com/QwKeyKx2II
— The Sportsman (@TheSportsman) June 14, 2021 प्रकाशित मिति: बुधबार, असार २, २०७८, २२:३०:००