युरोकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रसियाले फिनल्याण्डमाथि जित निकालेको छ।
Advertisement
क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न समूह ‘ए’को खेलमा रसियाले फिनल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा अलेक्सेइ मिनान्चुकको गोलमा रसियाले जित दर्ता गरेकाे हाे ।
यसअघिको खेलमा बेल्जियमसँग फराकिलो पराजय ब्यहोरेको रसियाको प्रतियोगितामा पहिलो जित हो ।
प्रकाशित: २ असार २०७८ २०:५७ बुधबार