गत वर्ष मृत फेला परेका बलिउड अभिनेता सुशान्तसिंह राजपुतको बान्द्रास्थित अपार्टमेन्ट भाडामा दिइने भएको छ। समुद्री दृश्य देखिने उक्त अपार्टमेन्टको भाडा मासिक ४ लाख भारू रहेको बताइएको छ।
Advertisement
सुशान्तले उक्त अपार्टमेन्ट सन् २०१९ मा भाडामा लिएका थिए। उनी २०२२ सम्म त्यहाँ बस्ने योजना थियो।
उनको अपार्टमेन्टमा अहिलेसम्म कोही बस्न भने आएका छैनन्। एक जना ब्रोकरले कोरोना महामारीका कारण भाडामा बस्ने मानिस खासै नआएको बताए।
सुशान्त गत वर्ष जुन १४ मा उक्त अपार्टमेन्टमा मृत भेटिएका थिए। सुरूमा उनले आत्महत्या गरेको भनिए पनि पछि यसले बलिउड र भारतभरि तरंग ल्याएको थियो। उनको मृत्युमा विभिन्न निकायले अनुसन्धान गरिरहेका भए पनि मुद्दा अझै सुल्झिसकेको छैन।