चेक गणतन्त्रले युरो २०२० को समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई २-० ले गोलले पराजित गरेकाे छ ।
स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शिकले गोल गर्दै भ्रमणकारी चेक टोलीलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा स्कटल्यान्डले अट्याक गरिरहेको थियो । तर, सोही समयमा चेक खेलाडीले क्लियर गरेको बलमा शिकले मैदानको बीचभागबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।
यस जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्कटल्याण्ड समूहको पुछारमा रहेको छ ।
प्रकाशित: ३१ जेष्ठ २०७८ २१:०७ सोमबार