रुपन्देही प्रहरीले कर्तव्य ज्यानमुद्दामा २० वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-५ का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका-२ का ३९ वर्षीय राजकुमार केवट छन्।
जैसवाल र केवटलाई आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जैसवाललाई कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत रुपनेदेहीले २०७१ साल असार २४ गते बीस वर्ष कैद सुनाएको थियो।
यस्तै, केवटलाई २०६७ वैशाख १९ गते जिल्ला अदालत रुपन्देहीले कर्तव्य ज्यानमुद्दामा २० वर्ष सजाय तोकेको थियो।
दुबै फरार अभियुक्तलाई कानुनी कारबाहीको लागि जिल्ला अदालत पेश गरिएकोमा उनीहरू कारागार चलान भएको रुपन्देहीका प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए।
रुपन्देही प्रहरीले पछिल्लो समय जघन्य अपराधमा संलग्न भएर फरार भएका अभियुक्तको खोजी गरिरहेको छ।
यसक्रममा तीन दर्जन फरार अभियुक्त पक्राउ परेको डा. केसीले बताए।
कोरोना संक्रमणको दोस्रो महामारीमा जारी निषेधाज्ञायता मात्र १९ फरार अभियुक्त पक्राउ परेको केसीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८, २१:२४:००