पूर्व सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
Advertisement
कोरोना संक्रमित विष्टको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारमा लागि बुधबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । विष्टलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि विष्ट १० दिनदेखि कर्णाली प्रदेश अस्पतालमा उपचाररत थिए ।
तर, विष्टको स्वास्थ्यमा सुधार नआएकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पतालका डाक्टर केएन पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८, १८:०३:३३