काठमाडौ । गायक पशुपति शर्माको एउटा गीत निकै चर्चित छ । ‘लुट्न सके लुट’ फेरि युट्युवमा आएपछि राजनीतिक दबाब आयो । उनले दवाव थेग्न नसकेपछि त्यो गीत हटाएका थिए ।
परिमार्जन सहित सार्वजनिक गर्ने भनेर हटाएका पशुपतिले फेरी त्यो गीत फेरी युट्युबमा अपलोड गरेका छन् । अब पशुपति शर्माको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ।
उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका कारण सर्वसाधारणले हेर्न सक्नेछन् । युट्युवमा उनले हटाएपनि उनका समर्थकले फेरी अपलोड गरेका राखेका थिए । उनले सार्वजनिक सांगेतिक कार्यक्रममा पनि त्यो गीत गाउने गरेका थिए ।
दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए। गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा च र्को वि रोध जनाएपछि शर्माले गीत हटाएका थिए।
सो गीतमा अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।