प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गरेका छन् ।
Advertisement
ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनात्मक संरचना २०७५ जेठ ३ को अवस्थामा फर्केर क्रियाशील हुने प्रस्ताव गरेका हुन् । साथै यसअघिका सबै कारबाही फिर्ता गर्ने समेत बताएका छन् ।
साथै प्रधानमन्त्री ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव पनि गरेका छन् ।
प्रकाशित: २३ जेष्ठ २०७८ २१:३३ आइतबार