कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत भोलि नेपालले पहिलो खेलमा चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जीवित राख्न चाहन्छ ।
विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राख्न चाहन्छ ।
तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन् । उनले भोलिको खेलामा जित निकाल्ने आशा व्यक्त गरे । ‘हामी एएफसी एशियाली कप क्वालिफायरको अवसरका लागि चौथो स्थान प्राप्त गर्न चाहन्छौँ र त्यसको लागि हामीले भोलि खेलमा जित्न निकाल्नै पर्ने छ,’ उनले भने।
यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।
नेपाल भोलि चाइनिज ताइपेइविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रने छ । चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेइका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।
छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।
फिफा वरीयताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमने सामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा १–० ले पछि परेका अवस्था उल्ट्याउँदै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेइको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जहाँ नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८, २०:४४:०४