कोरोना महामारीको समयमा आवश्यकतामा परेकाहरूलाई आफ्नो बलबुताले भ्याएसम्म मद्दत गरिरहेका बलिउड अभिनेता सोनू सुदको चौतर्फी वाहवाह छ । अभिनेताले धेरैको प्रेम र साथ पाएका छन् ।
सोनूको जन्म पन्जाबमा भएको थियो । त्यसपछि उनी कलाकार बन्न मुम्बई आएका थिए । उनले हिन्दी, तेलुगू, तमिल, कन्नड र पन्जाबी फिल्ममा उत्कृष्ट काम गरेका छन् । आउनुहोस् नायकको कूल सम्पत्ति कति छ र उनलाई कस्तो जीवनको शौक छ भन्नेबारे जानकारी लिऔँ ।
caknowledge.comका अनुसार सोनू सूदको कूल सम्पत्ति १३० करोड भारु हो । सोनू पछिल्लो दुई दशकदेखि बलिउडको फिल्ममा पनि कम गरिरहेका छन् । यसैकारण उनको फ्यान फलोविङ निकै तगडा छ । ब्रान्ड एन्डोर्समेन्ट उनको आयको एक प्रमुख स्रोत हो । उनले सलमान खानसँग दबंगमा काम गरेका छन् ।
यस्तै, शाहरुख खानसँग ह्याप्पी न्यू इयर मा काम गरेका छन् । सोनू आफ्ना सन्तान र श्रीमतीसँग मुम्बईमा बस्छन् । सोनू सूदकी श्रीमतीको नाम सोनाली सूद हो । सोनालीसँग सोनूको भेट नागपुरमा पढाईको क्रममा भएको थियो । त्यति नै बेला दुईबीच प्रेम बस्यो र यो जोडीले सन् १९९६ मा विवाह गरे ।
सोनू सूद मुम्बईमा लोखन्डवाला इलाकामा २६०० स्क्यावर फिटको घरमा बस्छन् । यसका साथै सोनूको मुम्बईमा अन्य दुई फ्ल्याट छन् । यस्तै जुहूमा उनको आफ्नै होटल पनि छ । यसका साथै मुम्बईमा सोनूका केही कफी पोइन्ट्स पनि छन् ।
सोनू सूदसँग छ थुप्रै गाडीः
सोनू सूदसँग एउटा मर्सिडिज बेन्ज एमएल क्लास ३५० सिडिआई कार छ र यो गाडीको मूल्य ६६ लाख भारु हो । यस्तै उनीसँग एउटा अडी क्यू सेभेन छ जसमा उनी आजकाल यात्रा गर्छन् । यो गाडीको मूल्य ८० लाख भारु हो । यति मात्रै होइन, उनीसँग एक पोर्श पनामा पनि छ जसको मूल्य २ करोड भारु हो ।
सोनूका दुई छोरा छन् – इशान्त र अयान । सोनूले अघिल्लो वर्षदेखि हज्जारौं मानिसहरुको मद्दत गरिरहेका छन् । उनले मानिसहरुलाई घर, पैसा र जागिर दिलाएका छन् । उनको घरमा आजकाल हरेक दिन मानिसहरुको भीड लाग्ने गर्छ । जहाँ मानिसहरु उनीसँग मद्दत मागिरहेका हुन्छन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।