१५ जेठ, काठमाडौं । मनिष डँगीले नेपाली सिनियर टिमबाट डेब्यु खेलमै गोल गरेका छन् । इराकविरुद्ध अहिले भइरहेको मैत्रीपूर्ण खेलमा नेपाल १ गोलले पछि परेको छ ।
Advertisement
खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे ।
नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए । इराकले ३९ औं र ४० औं मिनेटमा गोल फर्काएर ३-२ को स्थितिमा पुर्याएको छ ।