सरकारले अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थललाई बजेट विनियोजन भएको छ।
अर्थमन्त्री विष्णु पौडेलका अनुसार पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको बताए।
त्यस्तै त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ।
त्यस्तै आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाल टेलिकमको २२ प्रतिशत शेयर सर्वसाधारणलाई
सरकारले नेपाल टेलिकमको शेयर विक्रि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिकमको शेयर बित्रि गर्ने घोषणा गरेका हुन्।
अब टेलिकमको २२ प्रतिशत शेयर ग्राहकले खरिद गर्न सक्ने बताएका हुन्। २०७८ साल असोज मसान्तसम्म यसको मोडालिटी र मूल्य तोकिसक्ने उनले बताएका छन् ।
प्रकाशित: १५ जेष्ठ २०७८ १८:५८ शनिबार