१३ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि बिहीबार राति आक्रमण भएको छ ।
Advertisement
उपचारको क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए ।
अस्पतालमा तोडफोड गर्दै उनीहरुले चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक झ्यालबाट हाम्फालेर ज्यान बचाएको उनले बताए ।
बिहीबार राति ८ बजेको समयमा सीप्याप भेन्टिलेटरमा उपचाररत दाङका एक संक्रमितको मृत्यु भएपछि मृतकका भिजिटरले उपचारमा खटिएका चिकित्सकहरुमाथि एक्कासी आक्रमण गरेको उनले बताए ।