झन्डै डेढ वर्ष पहिले हामीसंग रेनु दाहाल सम्भवत सार्वजनिक रुप पहिलो पटक रोएकी थिईन। प्रशंग बिरामीले थलिएकी आमा सिता दाहालको थियो। दिवंगत भाई प्रकाश र दिदि ज्ञानुको थियो।
रेनु भक्कानिदै रोएकी थिईन।
रेनुको रुवाईको पछाडी उनले एउटै भएको माईती प्रकाश गुमाउनुको पिडा थियो। साथी जस्तै दिदि ज्ञानुसंग सधैका लागि टाढा हुनुको थियो। अनि माईति गएका बेला जन्मदिने आमासंग दोहोरो संवाद गर्न नपाउदाको पिडा थियो।
रेनु आमालाई भेट्न हप्तामा १ पटक पुगेकै हुन्थिन। उनलाई शनिवार आयो कि काठमाडौं जाउँ जाउ हुन्थ्यो। अति व्यस्त समय पनि निकालेर रेनु काठमाडौं त पुग्थिन तर आमाका एकनास हेरिहेका आँखाहरुसंग आँखा जुधाएर फर्कनु बाहेक उनीसंग अरु बिकल्प हुदैन्थ्यो।
पछिल्लो समय आमा सिता दाहाल यसरी बिरामी परिन् कि छोरी रेनुलाई चिन्न पनि सक्दैन्थिन। तर पनि आमा भनेको आमा नै हुन्।
बुवा आमा भुमिगत भएपछि मामाघर मै हुर्किएकी रेनु दाहालले आमाको माया घित मर्ने गरि पाउन सकिनन्। आमाको काखको न्यानो लामो समय महशुस गर्ने तिर्खा सधै रह्यो। त्यसैले आमाका सवालमा रेनु सधै संवेदनशील भईन। हरेक विवाद र समस्यालाई बोल्ड तरिकाले छिनोफानो गर्न सक्ने साहसिक रेनुलाई आमाको ममताले सधै रुवायो।
रेनुले हामीसंग केहिदिन अघि उनकै कार्यकक्षमा भनेकी थिईन भाई बित्दा बुवाले बिहानै ५ बजे झापाबाट फोन गर्नुभएको थियो। त्यतिबेला उहाँको स्वर मधुरो थियो। आज पनि बुवा र बहिनीको फोन आउदा म हरेक पटक झस्किन्छु, म उहाँहरुको सुरुमा स्वर सुन्छु, अनि बल्ल ढुक्क हुन्छु”।
यो भनाईको पछाडी आमाको अप्रिय खबर सुन्नु पर्लाकी भन्ने उनीसंग डर हुन्थ्यो।
आमा सीता दाहाल दिवंगत हुनुभएको खबर मिडियामा आईसकेको थिएन। बुधबार बिहानै रेनुलाई काठमाडौंबाट फोन आयो। उनको मनमा एक प्रकारले उही पहिले झै चिसो पस्यो। अवस्था गम्भिर भन्ने खबर सुन्न साथ निर्धारित सबै कार्यक्रम स्थिगत गरेर रेनु काठमाडौं हानिईन। एयरपोर्टबाट रेनु सिधै नर्भिक पुगिन्। त्यतिबेलासम्म आमा नरहनु भएको खबर जता त्यतै फैलिईसकेको थियो। नर्भिक पुगेर आमाको मृत शरिरलाई रेनुले अंगालिन। धेरै बेरसम्म आवाजै निकालेर रोईन। त्यति बेला आफु एक शसक्त नेता भएको भुलिन, भरतपुर जस्तो देशकै बिकसित शहरको प्रमुख भएको बिर्सिईन। देशकै सर्वशक्तिमान नेताको उत्तराधिकारी भएको हेक्का राखिनन्।
आखिर आमा भनेको आमा नै हुन। आमाका अगाडी यि सबै फिक्का हुन। बुवाको अंगालोमा रेनुका आँसुहरु रोकिएनन्। मिडिया र क्यामेराका अगाडी रेनु पटक पटक सम्हालिन खोजिन तर आँसु रोक्न सकिनन्। उनी पलपल भक्कानि मात्र रहिन्।
रेनुका लाखेों डाईहर्ट समर्थक छन्, यसरी उनी रुदा उनीसंगै रुनेहरु छन्। राम्रो काम गर्दा उनीसंगै खुसी हुनेहरु छन्। साँच्चै रेनु एक कोमल र बिशाल हृदयको खानी हुन। उनको मन सफा छ। माओवादी बाहेक पनि रेनुलाई मन पराउनेहरु लाखेो छन्। भरतपुर र माओवादीले प्रचण्ड जस्तै भावनात्मक र बिरोधीहरुलाई समेत हृदयदेखि माया गर्न सक्ने रेनु दाहाल पाएको छ। अब प्रचण्को राजनितिक उत्तराधिकारी रेनु नै हुन्। ज्ञानु, प्रकाश र आमाको निधन पछि परिवार सम्हाल्ने जिम्मा रेनुकै काँधमा आईपुगेको छ। बुवा प्रचण्ड र बहिनी गंगालाई पिर नगर्नु म छु नि भन्ने पारिवारिक दायित्व रेनुलाई आईपरेको छ। त्यसैले यी सबै पिडा सहन सक्ने शक्ति ईश्वरले उनलाई प्रदान गरुन। हार्दिक समवेदना मेयर साब।