भरतपुर । ५ दिनदेखि हराइरहेका एक युवक मृत भेटिएका छन् । भरतपुर महानगर–१६ स्थित नारायणी नदि किनारको काभ्रेघाटमा शव फेला परेको छ । आज (बिहीबार) विहान युवा मृत भेटिएका थिए । भरतपुर माविमा कक्षा ९ मा पढ्ने १६ वर्षिय रितेश थापाको शव भेटिएको हो ।
Advertisement
माडी–५ घर भएका थापा भरतपुर–१० मा बस्दै आएका थिए । उनी यही ६ गतेदेखि वेपत्ता थिए । देवघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा उनी वेपत्ता भएका थिए ।