काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।
Advertisement
सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गएको थियो । साथै उनको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।
गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैं सो मन्त्रालय सम्हालिरहेका छन् ।पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ ।
यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।