काठमाडौँ । गृहमन्त्री लामिछानेको मुद्धाको बहस सुनेका न्यायाधीसहरु छलफलमा बसेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस सकिएपछि उनीहरु छलफलमा छन् ।
Advertisement
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार भएको मुद्दाको बहस सकिएको हो । आजै लामिछानेको नागरिकता र राहदानीबारेको विवादबारे आजै फैसला आउने सम्भावना छ । यसअघि गत बुधबार मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।