काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नियुक्त भएका छन् ।
Advertisement
सोमबार उनलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको बताईएको छ । नेता गजुरेल सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट थिए । सो क्षेत्रमा माओवादी केन्द्रका लेखनाथ दाहाल निर्वाचित भए ।
यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन् । अब प्रधानमन्त्रीको कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ । थप नियुक्ती पनि चाडैं गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।