पर्सा जिल्लाको ठोरी गाउँपालिकामा १ जना पुरुष भेटिएका छन् । वास्तविक परिचय नखुलेका,राम्रो संग बोल्न नसक्ने,ईशाराले कुरा गर्ने अन्दाजी ५० बर्षिय पुरुष विगत ५/६ बर्षदेखि ठोरी गाउँपालिकामा बस्दै आएको सरस्वती मा.वि.का प्रधानध्यापक केशब प्रसाद रेग्मीले जानकारी दिनुभएको छ । प्र.अ.रेग्मीका अनुसार हाल उनी सामान्य कामदामको रुपमा ठोरी गाउँपालिका निवासी खेमराजको घरमा करिब २ बर्षदेखि बस्दै आएका छन् । परिवारजनको अत्तोपत्तो नभएका पुरुष अरुणखोला तमासपुस निवासी रहेको सुन्नमा आएको बताउदै खेमराजले देख्नुहुने,चिन्नुहुने महानुभावहरुले सम्पर्क गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।……..थप जानकारीको लागी भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *