बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।

हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए ।

ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् ।

कस्तो छ अवस्था? बिस्तृतमा भिडियो हेर्नुहोला।

https://youtu.be/TVjKVdH8fjM

Leave a Reply

Your email address will not be published. Required fields are marked *