सन्ताेष देउजाकाे लघु चलचित्र ” The Bad Challenge”सार्वजनिक(भिडियाे सहित)

कपुरबाेट बिषेश-जेठ ३

पछिल्लाे समय संगीतकर्मी तथा कुशल अभिनयकर्ताकाे छवि बनाएका संचारकर्मी सन्ताेष देउजाकाे ”द ब्याड च्यालेन्ज” नामक लघु चलचित्र सार्वजनिक भएकाे छ। देउजाकै लेखन तथा निर्देशनमा रहेकाे लघु चलचित्र ” द ब्याड च्यालेन्ज” कपुरबाेट अनलाईन टिभीबाट सार्वजनिक भएको हो।

साना-साना भ्रमहरुले सम्बन्धमा कतिसम्म गम्भिर प्रभाव पार्न सक्छ भन्ने यथार्थलाई चलचित्रमा देखाउन खाेजिएकाे देउजाले बताए। साे चलचित्र मार्फत देउजाले पहिलाे पटक श्रीमती अनुस्का कुमाललाई अभिनय क्षेत्रमा प्रवेश गराएका छन्।

”द ब्याड च्यालेन्ज” मा देउजा दम्पत्तीका अतिरिक्त सुप्रिया ढकाल, अन्जु तामाङ्ग र भगवती अधिकारीकाे अभिनय देख्न सकिन्छ। देउजाका यस अघि ”मेराे बाबा”, ”द पेन” , ”युवा नेता” जस्ता लघु चलचित्र लाेकप्रिय छन्।

सार्वजनिक भएकाे लघुचलचित्र हेर्न तलकाे लिङ्क खाेल्नुहाेला।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *