माघ २५ देखी फाल्गुन १ गतेसम्म सिमरा गोल्डकप

 

२२ पौष, सिमरा । कपुरबोट डेस्क ।
मोफसलकै सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं औ संस्करण आगामी माघ २५ गतेदेखी सुरु हुदैछ । आयोजक नवजनजागृती यूवा क्लबले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । फागुन ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब, २ विभागिय टोली र अयोजक सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा संकटा सहित थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्गदी क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११, झापा ११, हेटौंडा ११, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज र आयोजक नवजनजागृती यूवा क्लब सिमराको सहभागिता रहनेछ । विजय डिष्टिलरीको मूख्य प्रयोजनमा सञ्चालन हुने रुस्लान नवौं सिमरा गोल्डकपको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुईलाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाईकल र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाईस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिता आयोजनाका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेर तयारी तिव्र बनाईएको जानकारी दिंदै क्लबका महासचिब शम्भुसिंह ठकुरीले प्रतियोगिता आयोजना हुने सिमरा रङ्गशालामा यसपटक ५ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *