भरतपुर । नेचर गाइड एशोसियसन चितवनको अध्यक्षमा अनिल कुमार गुरुङ चयन भएका छन् । गुरुङले १३२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका उम्मेदवार गणेश अर्यालले ७५, रामचन्द्र सापकोटाले ६७, योगप्रसाद लामिछानेले १६ मत ल्याएका थिए । उपाध्यक्षमा रामगीर प्रसाद चौधरी विजयी भएका छन् । उनले १७२ मत ल्याए । प्रतिस्पर्धी अनिल शिवाकोटीले ११० मत पाए । अध्यक्ष, उपाध्यक्ष बाहेकका अन्य सबै सर्वसम्मत चयन भएका छन् ।
११ सदस्यीय कार्यसमिति चयन भएको छ । कोषाध्यक्षमा पुष्पराज पाठक, सचिवमा ओमप्रकाश थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा बद्रीप्रसाद अर्याल, दिलिप सुवेदी, जितेन्द्रकुमार सिंह, सम्झना आचार्य तिवारी, सुस्मिता न्यौपाने, सन्तोष क्षेत्री भट्ट, सन्जय ढकाल चयन भएका छन् । एशोसियसनमा ४ सय ६६ जना आवद्ध छन् । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, पर्यटकीय क्षेत्रमा पर्यटकलाई घुमाउने, प्रकृति संरक्षणमा नेचरगाइडहरु सक्रिय छन् ।