भरतपुर । नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन थापा मगर (पाटा) चयन भएका छन् । १८औँ अधिवेशनबाट पाटाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा प्रिज्मा आलेमगर, सचिवमा प्रतिक थापामगर, कोषाध्यक्षमा एञ्जिला रानामगर र सह–सचिवमा एलएम पेमीमगर चयन भएका छन् ।
यस्तै सदस्यहरूमा मुना लम्तरीमगर, अनिष थापामगर, अमृता थापामगर (हु), अमृता थापामगर, आसु थापामगर, दीक्षा रानामगर, सुजन आलेमगर, सोनम आलोमगर, हिमानसिंह आलेमगर, निर्मला थापामगर, प्रतिक्षा रानामगर, विना थापामगर, अमृत आलेमगर, पर्वत रानामगर जीवन सारूमगर र प्रतिक श्रीषमगरलाई चयन भएका छन् ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति अध्यक्ष चित्र पुलामी मगरले नयाँ समितिलाई चुस्त भएर काम गर्न आग्रह गरे । कार्यक्रम नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका निवर्तमान अध्यक्ष कुमार सिंजाली मगरको अध्यक्षतामा भएको थियो ।