भरतपुर । २ करोड प्रकरणमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठको दोस्रो अडियो सार्वजनिक भएको छ । कपुरबोट मिडियालाई प्राप्त दोस्रो अडियोमा ढाकाकुमारका भाई बताउने व्यक्तिले दाईलाई फसाए, बुझिदिनुप¥यो भन्दै सहयोग मागेको अडियो सार्वजनिक भएको हो । सो अडियोमा ढाकाकुमारले दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको सुन्न सकिन्छ ।
ढाकाकुमारले भनेका छन्, ’दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर। अब यो नहुने कुरालाई बढाएर के फाइदा ।’ ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई भेट्न चाहेको कुराकानीबाट प्रष्ट हुन्छ । २ करोड प्रकरणको पहिलो अडियो सार्वजनिक भएपछि ढाकाका भाई बताउने व्यक्ति र दुर्गा प्रसाईबीच फेरी कुराकानी भएको अडियोे प्राप्त भएको छ ।
ढाकाका भाईले प्रसाईलाई भनेका छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ‘.दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु प¥यो यो कुरालाई ।’ प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् । भाईले दाई ढाकाकुमारले भेट्न चाहेको बताएपछि प्रसाईले बेलुका भेट्न भनेको संवादमा छ ।
दुर्गा प्रसाईंका सहयोगी यदुनाथ सिग्देलसँगको संवादमा दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक भएर बोलिदिए हुनथ्यो भन्दै अनुरोध गरेका छन् । सार्वजनिक भिडियोमा यदु गौतम भनिएपनि उनी यदुनाथ सिग्देल हुन् । स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने गोप्य कुराकानी भएपछि श्रेष्ठ छानविनका लागि निलम्बित छन् ।