चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरकाके सहकारी पर्यटनको मुख्य गन्तव्य ‘बखान सहकारी’ रहेको बताउनुभएको छ । ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख दाहालले भरतपुरको ७ मुख्य गन्तव्यमा भरतपुर समावेश भएको जानकारी दिनुभयो ।
भरतपुरमा ३० वटा गन्तव्य मध्ये बखान सहकारीलाई मुख्य ७ मा समावेश गरी प्रर्वद्धन गरिएकाले यसको महत्वपूर्ण दुरगामी रहेको बताउनुभयो ।बखान सहकारी भरतपुर महानगरपालिकाको लागि गर्वको विषय भएकाले यसको विकासमा महानगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।‘भरतपुर भ्रमण वर्ष २०२४ मा देश विदेशबाट पर्यटकलाई निम्तो दिइएको छ’उहाँले भन्नुभयो,‘बखान सहकारीमा हजारौ सहकारी पर्यटकको आगमन हुने छ । सहकारीकर्मीको लागि सिकाईको थलो बन्ने छ ।’चितवन जिल्लाको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो । अहिले पनि दैनिक रुपमा सयौको संख्यामा सहकारी अभियान्ताहरु अवलोकन भ्रमणका लागि यहाँ आउने गर्दछन् ।
देशभरका सहकारीकर्मीको सिकाईको थलो बनाउने गरी बखान सहकारीलाई संग्रालयका रुपमा विकास गर्न भैतिक संरचनाहरु निर्माणधीन छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्रालयको शिलान्यास गर्नुभएको थियो ।संग्रालय निर्माणका लागि नेपाल सरकारबाट रु १० करोड रुपैयाँ विनियोजन भएको थियो । ।नेपालको पहिलो सहकारी बखान सहकारीको स्थापना दिवसको अवसरमा देशभरका सहकारीहरुले यसै दिनलाई दिवसकाक रुपमा मनाउदै आईरहेका छन् ।बखान सहकारीको स्थापनापछि नेपालमा सहकारी खुल्ने क्रम सुरु भएको थियो । हाल भरतपुरमा मात्र ३ सय वटा सहकारी छन् भने नेपालभर ३२ हजार सहकारी रहेको तथ्याङक रहेको छ ।