चितवन । भरतपुर महानगरपालिकाले जिल्ला ट्रफिक कार्यालय चितवनलाई ट्रफिक सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमारा रानाले संयुक्त रुपमा जिल्ला ट्रफिक प्रमुख राजकुमार तमाङलाई हस्तान्तरण गर्नुभयो ।
हस्तारण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ट्रफिक सामाग्रीको उचित प्रयोग गरी महानगरको ट्रफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गर्नुभयो ।प्रमुख दाहालले आगामी वर्षहरुमा महानगरबाट यस्ता सहयोग भई राख्ने पनि बताउनुभयो ।
भरतपुरको ट्रफिक व्यवस्थापनको लागि ब्रेथलाईजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्रफिक कोन २५ सेट, ह्वाईल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिनुभयो ।महानगरपालिकाले ट्रफिक प्रहरीलाई रु ३ लाख बराबरको ईन्धन, रु २ लाख ८६ हजारको ट्रफिक बाईक यसअघि नै हस्तान्तरण गरिसकेको छ ।