काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेको असहयोगका कारण शान्ति प्रक्रियाका काम रोकिएको आरोप लगाएका छन् । एमालेकै असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेको उनको भनाइ छ ।
Advertisement
आइतबार माओवादी धारका दलहरुले गरेको संयुक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमालेको असहयोगका कारण रोकिएको बताएका हुन् ।
सरकारले सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर एमालेको असहयोगले रोकिएको उनको आरोप छ ।