अभिनेता पल शाह जेलमुक्त बनेका छन् । तनहुँ कारागार बाहिर हजारौँ समर्थक आए । पल शाहको जयजयकार गरे । सत्यको जीत भन्दै समर्थकहरुले हाईहाई गरे । बालयौन दुव्र्यहार मुद्धामा उनले क्लिन चिट पाएका छन् । उचाईमा पुगेको शाख पछिल्लो १ वर्ष धमिलिन पुग्यो । आरोप लाग्दा पल शाह र आरोप लगाउने गायिकाको पक्ष–विपक्षमा निकै टिप्पणीहरु भए । प्रेममा धोका थियो, सफलता देख्न नसक्नेहरुले उक्साएका थिए, घमण्डपन थियो, यस्तै यस्तै चर्चा चले ।
उच्च अदालतले पललाई निर्दोष ठहर ग¥यो । तर, १ वर्षसम्म पलमाथि भएका आलोचना, प्रहारलाई पलले कसरी पन्छाउँदै पुरानै लयमा फर्किएलान् रु त्यो हेर्न बाँकी छ । जेलमै बस्दा पनि पललाई म्युजिक भिडियो, फिल्मका अफरहरु आएकै थिए । पललाईनै खेलाउने भनेर कैयन म्युजिक भिडियो, फिल्महरु पर्ख र हेरको अवस्थामा थिए । जेलबाहिर पल कुर्ने जमात थियो । भित्र पल आफ्नो करियरको घाउ निको पार्ने उपायको खोजिमा थिए । अन्ततः पल फेरी आएका छन् ।
पलका बुबा पललाई आर्मी भएको देख्न चाहन्थे । पल पनि आर्मीको ड्रेस, गन देखेर मोहित हुन्थे । तर, पल अभिनयमा लागे । पूर्णविक्रम बाट पल बन्न उनले धेरै संघर्ष पार गरेका छन् । पलको जन्मस्थान दाङ घोराही रामपुर हो । सानैदेखि टिभि, रेडियोमा नाटक, सिनेमा हेर्ने, सुन्ने आदत थियो । जब एसएलसी पछि काठ्माण्डौ पुगे । उनी म्युजिक भिडियो सम्पादन गर्न सिक्न थाले । पढाई र काम सँगसँगै हिडाए । डकुमेन्ट्रि बनाएर उनले पहिलो तलब ३५ सय पाएका थिए । पछि १२ हजार पुग्यो । आजकल उनी सुविधासम्पन्न अपार्टमेण्टमा बस्छन् । सुटिङ, भेटघाट, बुकिङका सेड्युल मिलाउन कर्मचारीनै राखेका थिए । आफ्नै पौरखले उनी रमाइरहेका थिए । उनी काठ्माण्डौ, वीरगञ्जका टिभिहरुमा भिडियो सम्पादक बनेर पनि काम गरे । भारतको दिल्लीमा २ वर्ष काम गरे । तर, तलब नपाएपछि रुदै रुदै नेपाल आए ।
डकुमेन्ट्रि, दोहोरी भिडियो बनाउन उनी अब्बल बने । भिडियो सम्पादनसँगै उनले निर्देशन पनि गर्न थाले । म्युजिक भिडियोमा आफ्नो नाम बग्दा उनी खुशीले रुन्थे । उनले तिम्रो यादमा रम्छु अचेल गीतको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । को होला त्यो मसँग आँखा जुधाउने बोलको म्युजिक भिडियोले उनको लोकप्रियता बढायो । म्युजिक भिडियो सम्पादनमात्रै होइन, अभिनयका लागि ओइरो लाग्न थाल्यो । नाइ नभन्नु ल ४ फिल्ममा अफर आउँदा पल अलमलिए । जब, अवसर पाए, नायक बनेर चिनिए । जोनी जेण्टलमेण्ट, म यस्तो गीत गाउँछु, शत्रुगते, वीरविक्रम टु जस्ता फिल्ममा जीवन्त अभिनय गरे ।
पलको मुस्कान, हाँसो, उनको शालिनता धेरैले रुचाउँछन् । पल जेलमुक्त बनेपनि केही महिनापछि सरप्राइज म्युजिक भिडियो ल्याउने तयारीमा छन् । केही महिनापछिनै उनी फिल्म सुटिङमा व्यस्त हुनेछन् । १ वर्षसम्म मानसिक पीडामा रहेका पल स्वतन्त्र भएर केही समय बस्न चाहन्छन् । उनी फेरी हसाउन, रुवाउन र तपाईका कथाहरुमा देखिने छन् । चर्चित मोडेल, स्थापित नायक मात्रै होइन, अब पलपलका अभिनयमा पूर्ण बनेर आउन् । पल शाहले फेरी दर्शकका मन जितुन् । सामाजिक काममा अग्रसर बनिरहुन् । विवाद–घेरावन्दी र तगाराहरु नआउन् । शुभकामना