सेलिब्रेटीहरुका घर जोडिनु–विग्रनु– भत्किनु आजकल सामान्य हुन थालेका छन् । बेलाबखत कलाकारहरु विवादमा आउँछन् । कहिले झगडा पर्छ, कहिले मिल्छ । यस्तै हेर्दै–सुन्दै तपाईहाम्रा दिनहरु गुज्रेका छन् । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको अर्को ताजा खबर छ दर्शकवृन्द । काठमाडौं जिल्ला अदालतले ३ वर्ष पुरानो मुद्दा किनारा लगाउँदै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको छ ।
अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत आदेश दिएको छ । अब शिल्पाले अंश पाउनेछिन् । तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई अदालतले खारेज गरेको छ । छवि ओझा कैयन कलाकारका अभिभावक हुन् । कैयन कलाकारलाई फिल्म क्षेत्रमा स्थापित गराउने मुख्य व्यक्ति मानिन्छन् । कलाकारलाई स्थापित गराउन छवि सफल रहे । स्टार बनाउन उनका फिल्म उपयोगी बने । तर, आफ्नै घरमा भने उनी सफल भएनन् ।
जुन फिल्म बनाउँथे, त्यो फिल्म मज्जैले चल्थ्यो । तर, मंगलम फिल्म पछि उनी रोकिएका छन् । पारिवारीक झमेलामा परेपछि उनका फिल्महरु आउन छाडेका छन् । ‘बाघ निर्माता’का रुपमा चिनिएका छवि आजकल कहाँ–के गर्छन् ? उनी गुमनाम छन् । घाइते बाघ जस्तो हराएका छन् । दुई दर्जन चलचित्र बनाएका छवि किन सुस्ताएका छन् ? सिनेमा करियरमै नआउँदा पहिलो पटक विहे गरेका थिए । छविकै निर्देशनमा बनेका १२ वटा जति फिल्मकी नायिकासँग अन्दाज फिल्मपछि सम्बन्ध तोडियो । छविले सार्वजनिक रुपमै भनेका छन्– विहे मलाई फाप्दैन, गलफ्रेण्डहुदा एउटा व्यवहार, घरमा आउँदा अर्कै, म त्यो अब चाहन्न । अब सन्यासी जस्तो बस्नेछु ।
फिल्म बनाउँदा प्राय नयाँसँग काम गर्न रुचाउँछन् छवि । म्युजिक भिडियोमा स्थापित शिल्पालाई लज्जा जस्ता ४ सिनेमा बनाएर फिल्म करियरमा भित्राएको दाबी छविको छ । शिल्पा हिंसामा परेको भन्दै प्रहरीसमक्ष पुगिन् । कानको जाली फुटाएको आरोप लगाइन् । नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक श्रीमान ओझाले हातपात गरेको दाबी अन्तर्वार्ताहरूमा दिएकी छन् । शिल्पा सिने क्षेत्रमा पहिले जस्तो चर्चामा छैनिन् । भोजपुरी फिल्म ‘निरहुआ चलल लन्डन २’ र ‘हनुमान की गली’ मा जोडिएकी छन् । शिल्पा र छविको विहे २०७३ असारमा भएको थियो । तर, कानुनी रुपमा उनीहरुको डिभोर्स भएको छ । यो मुद्धमा शिल्पाले जितेकी छन् । छविले सिनेमा बनाउने काम नरोकुन् । शिल्पाले नायिका बन्ने कर्म नरोकुन् ।